‘घरज्वाइँ पोस्टरर डोको र नाम्लोमा दया र मिरुना

चैत २०, काठमाडौं – चलचित्र घरज्वाइँको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर डोको र नाम्लोमा देखिएका छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् । जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् ।

बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खबपु पुन आदिको पनि अभिनय रहेको फिल्म असार २८ गतेबाट प्रदर्शन हुँदैछ ।