रबि ओड अब चलचित्रमा

चैत ४, काठमाडौं – फिल्म द्रौपदी को शुभमुर्हत गरिएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको हो । यही फिल्मबाट गायक रबि ओडले डेब्यु पनि गर्दै छन् ।

ऋषिराज आचार्य,बिष्णु ठडराई (सुबास) प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह(निर्माता रहेको फिल्मको लेखन,गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।

फिल्ममा आश्विनी शाही,गायक रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी , सुजाता तिमल्सिना, बिष्णु ठडराई ९ सुबास ०, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ ।