‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ रिलिज (भिडियो)

काठमाडौं – चलचित्र ‘बद्री बहादुर’को गीत रिलिज गरिएको छ ।गीतमा शिवम् अधिकारीको शब्द रचना, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा सिनेमाका मुख्य कलाकार जय किसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ ।

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।