सय दिन मनाउन सफल दिमाग खराब

फागुन ७, काठमाडौं-  चलचित्र ‘दिमाग खराब’ले १०० औं दिन मनाएको छ । गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले शनिबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा सय दिन मनाएको हो ।

फिल्मको ‘लाइफटाइम कलेक्सन’ १० करोडको आसपास छ निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल समेत घोषणा गरिसकेका छन्, जुन २०८३ सालमा प्रदर्शन गर्ने उनको लक्ष्य छ ।

उनले २०८४ सालको चुनावलाई लक्षित गरेर फिल्म बनाउन लागेको बताइन्छ । ‘दिमाग खराब’बाट उनले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् ।