श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानलाई सम्मान

माघ २६, काठमाडौ – कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानलाई सम्मान गरेको छ । विहिवार कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका संरक्षक जगदिश प्रसाद अग्रवाललाई प्रशंसा पत्रद्वारा सम्मान गरे।

श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानले बिराटनगर महानगरपालिका-८ स्थित दलित, मुसहर तथा सुकुम्बासी बस्तीमा रहेका २५६ घरका विपन्न परिवारलाई न्यानो कपडा (कम्बल) बितरण कार्यक्रममा सहयोग उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर