एएफसी एसिया कपः बहराइनको पहिलो जित

माघ ७, एजेन्सी-  एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ। कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा गोल गर्दै जित निकालको हो। बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अंक दिलाउन सफल भयो। यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्नेछ। आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ। जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन।