‘एक मुठ्ठी बादल’मा आचल शर्माको अभिनय

 

पुस २७, काठमाडौं-  सहारा शर्माको निर्देशनमा ‘एक मुठ्ठी बादल’ बन्ने भएको छ । फेमिली ड्रामा जनरामा बन्ने फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । फिल्ममा नायिका आँचल शर्मा मुख्य भुमिकामा छिन् ।

फागुन देखी फ्लोरमा जाने फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने छ ।

फिल्मको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ ।गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य गर्नेछन् ।