पशुपति मन्दिर गेटमा स्तनपान कक्ष स्थापना

पुस २५, काठमाडौं -पशुपति मन्दिर गेटमा स्तनपान कक्ष स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले आराध्यदेव भगवान पशुपतिनाथको दर्शनका लागि देश विदेशबाट आउनुहुने महिला श्रद्धालुहरुका बालबालिकाहरुलाई स्तनपान गराउनका लागि पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको स्तनपान कक्षको उदघाटन गरेकी छन् ।

स्तनपान कक्षको उदघाटन पछि माननीय राज्यमन्त्रि ज्यूले पशुपति क्षेत्रमा आउने देश विदेशबाट आउनु हुने श्रद्धालुहरुले मन्दिरका पेटीहरुमा बसेर आफना बालबालिकहरुलाई स्तनपान गराएको अफठयारो अवस्थाको अन्तय भएको बताइन महिला श्रद्धालुहरुको स्नानको पनि समस्यालाई कसरी हून्छ समस्या समाधान गर्नका लागि योजना बनाउन पशुपति विकासकोषलाई निर्देशन दिएकी छन्।
शुपति क्षेत्र विकास कोषको ईतिहासमा पहिलो पटक महिला कार्यकारी निर्देशक लक्ष्मी भएकी छन्। पुन कार्यकारी निर्देशक भए पछि पहिलो काम पशुपति मन्दिरको मुख्य गेटमा स्तनपान कक्ष स्थापना गरिएको छ ।

सुरक्षित मातृत्व र प्रजनन स्वाश्थ्य अधिकार ऐन २०७५ मा ब्यवस्था भए अनुसार सबै सरकारी वा निजी कर्यालयमा स्तनपान कक्ष राख्नु पर्ने व्यवस्था भए पनि पशुपति क्षेत्रमा यो सुविधा अहिले सम्म लागु नभई सकेको अवस्थामा यो व्यवस्था गरिएको हो ।