भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

पुस २०, काठमाडौं –  नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्  ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका छन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।