चलचित्र ‘महाजात्रा’ को पोस्टर सार्वजनिक

पुस १८, काठमाडौं –  ‘फिल्म ‘महाजात्रा’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गर्दै फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । फिल्ममा प्रदीप भट्टराईको निर्देशन रहेको छ ।

म्याक्स दीपेश खत्रीको लगानीमा रवीन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, प्रेम पाण्डे, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।