चलचित्र कंङ्गारुमा अभिनय गर्दै केदार घिमिरे

मंसिर २०, काठमाडौं – अभिनेता केदार घिमिरेले फिल्म ‘कंङ्गारु’मा अनुबन्धित भएका छन् । फिल्म निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको हो । सम्राट बस्नेतको निर्देशन रहने फिल्ममा गण्डकी प्रदेशका सांसद् तथा पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) को लगानी रहनेछ ।

फिल्ममा सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको छ । फिल्मको निर्मातामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई छन् । फुलमुन मोसन पिक्चर्स, लक्ष्मी ज्वेलर्स (युके) र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टले निर्माणमा सहकार्य गरेको छ ।

कमेडी, थ्रीलर तथा सस्पेन्स जनरामा बन्न लागेको ‘कङ्गारु’को सह(निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् भने टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् ।