चलचित्र हिट म्यानको टिजर सार्वजनिक

मंसिर १९, काठमाडौं – इन्डो नेपाली फिल्म हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै  सञ्चारकर्मीहरुमाझ फिल्मको टिजर सार्वजनिक गरिएको हो। ढढ सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा आँचल शर्मा , प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने फिल्मको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने निर्माण टिमको भनाइ छ ।