गायक थकालीको ‘कदम कदम’ बोलको गीत सार्वजनिक

मंसिर १२,काठमाडौं – गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्।

गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ।