समृद्धि र विकासमै जनता खुसी हुन्छन् -रेनु दाहाल

 

नेकपा माओवादीको भूमिगत कालमा पनि पार्टीका लागि लामो संघर्ष गरेकी रेनु दाहाल पहिलो संविधानसभा चुनावमा समानुपातिकका तर्फबाट सदस्य बनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्व सीता दाहालका चार सन्तानमध्येकी माहिली छोरी रेनु सन् २०१७ को पालिका निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) बन्न सफल भइन् । उनी सन् २०२२ को चुनावमा पुनः मेयर पदमा विजय हासिल गरिन् । नेपालका छ वटा महानगरपालिकामध्ये महिला प्रमुख भएको भरतपुर मात्र एक हो । दाहालसँग नारीका लागि गरिएको कुराकानी –

तपाईंको कार्यकालमा भरतपुरवासी कत्तिको खुसी भएको महसुस गर्नुभएको छ ? 

मेरा नगरवासीहरू मेरो अघिल्लो कार्यकालको काम र योगदानले निकै उत्साहित छन् । मलाई राजनीतिक दृष्टिले भन्दा पनि अभिभावकका रूपमा लिएको पाउँछु । म आफैं पनि काममा अत्यन्त दृढ र समर्पित छु । मैले गरेको योगदान, भेदभावरहित व्यवहार र वातावरण, सबैलाई सम्मान र विकास केन्द्रित व्यवहारले पनि यो माहौल बनेको हुनसक्छ भन्ने मलाई लाग्छ ।

भरतपुरमा विकास निर्माणको गति कत्तिको दु्रत गतिमा अघि बढेको छ ? निर्माण कार्य ढिलाइ भएको गुनासो पनि सुनिएको छ नि, कारण के होला ?

विकास निर्माण परियोजना दु्रत छन् । छिट्टै परिणाम आउनेगरी काम भइरहेका छन् । तर निर्माण व्यवसायीको बेवास्ता, ढिलासुस्तीलाई भने नकार्न सकिँदैन, जुन भरतपुरमा मात्रै होइन देशैभरि भइरहेको छ । त्यस्तालाई हामीले पटक–पटक खबरदारी गर्ने, अटेर गरे कारबाही गर्ने र ठेक्का खारेज गर्नेसम्म गर्ने गरेका छौं भने समयमै राम्रो काम गर्नेलाई पुरस्कृत पनि गरेका छौं । अन्यको तुलनामा हाइवेको सवालमा हाम्रो काम ढिला भएको होइन । २०२४ सम्म योजनाअनुरूपका सबैकाम सम्पन्न गर्ने गरी प्रयास भइरहेको छ ।

तपाईंको नेतृत्वले ल्याएको परिवर्तन र नगरवासीमा यसको प्रभावबारे बताइदिनुस् न ।

विकासको पहिलो आधार, सडक पूर्वाधार । यसैलाई मध्यनजर राख्दै सहज सडक बिस्तारका काम कतिपय सम्पन्न भए भने कतिपय सकिने अवस्थामा छन् । पहिला मेघौली पुग्न दुई घण्टा बढी समय लाग्थ्यो, अहिले ४० मिनेटमै पुगिन्छ । यसले समय बचत हुने कुरा त छँदैछ, बजार विस्तार समेत भएको छ । त्यहाँ उत्पादन भएका खाद्यान्न बजारसम्म ल्याएर बेच्न सजिलो भएको छ । म विकास विकेन्द्रिकरणमा विश्वास राख्ने मान्छे, ग्रामीण क्षेत्रका उत्पादन र त्यहाँका स्थानीय कलाकौशलले बजार पाउनुपर्छ, त्यहाँका जनता समृद्ध हुनुपर्छ भन्ने लाग्छ । नारायणी तटीय क्षेत्रका जनता वर्षामा भेलबाढी आउ“दा भागाभाग हुन्थे उनीहरूको सुरक्षाका लागि तटबन्धनको काम अन्तिम अवस्थामा पुगेको छ । ‘सुरक्षित भरतपुरवासी’ भन्ने सपना साकार भएको छ । चितवन कृषिको ऊर्वरभूमि हो । मेरो पहिलो कार्यकालमै यससम्बन्धी धेरै काम भएका छन् । कृषि उत्पादनलाई बजार पु¥याउन ढुवानीका साधन, धान काट्ने मेसिन, दूध दुहुने मेसिन, बीउबिजन अनुदानस्वरूप वितरण गर्दै आएका छौं । भूमिगत जलसिंचाइ कार्ययोजनाअन्तर्गत सिंचाइको राम्रो प्रबन्ध मिलाएका छौं जसले गर्दा चार बालीसम्म आधुनिक कृषि गर्न सकिन्छ । त्यसबाहेक विदेशबाट फर्किएकाहरूलाई व्यवसाय गर्न अनुदान दिनेदेखि छ वर्षमा आठ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गर्न सफल भयौं । अन्य थुप्रै विकास निर्माणका काम भएका छन् जुन यहाँ भन्न सकिए पनि लेख्न सम्भव पनि नहोला ।

पहिलो कार्यकालमा  विकास र उपलब्धि देख्दादेख्दै पनि पछिल्लो निर्वाचन केही असहज वातावरण सिर्जना भयो, चुनौती थपियो, जनताले के चाँहदा रैछन् भन्ने अनुभव भयो ?

त्यो विशुद्ध राजनीतिक मुद्दा हो, जनतासँग जोडिएको कुरा होइन । पहिलो कार्यकाल माओवादीलाई दिइयो, पुन  किन दोहो¥याउने रु भन्ने थियो । यति हुँदाहुदै पनि जनताले दिएको मतपरिणामले नतिजा देखायो । १२ हजार ५ सयको मतान्तरले जितें ।

महिला भएकै कारण नेतृत्वमा कत्तिको सहज–असहज छ ?
चुनौती धेरै छन्। बल्ल त महिलाले अवसर पाएका छन् त्यो पनि संविधानले नै सुनिश्चित गरिदिएकाले मात्रै । परम्परागत सोच, पितृसत्तात्मक चिन्तनका कारण हामी महिला पछाडि पारिएका छौं । सीमितअधिकार मात्रै हामीले पाएका छौं भन्छु अहिले पनि म त । ३३ प्रतिशत अनिवार्य भनिएको छ तर चरणबद्धरूपमा हामी अगाडि बढ्नुपर्छ । एकैपटक महिलालाई दिन हिच्किचाउँछन् । हामीले अब त्यसलाई प्रमाणित गर्नुपर्छ, अनिमात्र भावी पिंढीलाई सहज हुन्छ । ०७४ मा चुनावका लागि आउँदा मान्छेले मलाई पत्याउन गाह्रै भएको थियो तर काम गर्दै जाँदा प्रमाणित गर्न सकें भन्ने लागेको छ ।

निर्णायक तहमा महिला पु¥याउन के–कस्ता चुनौती देख्नुहुन्छ ?
समाधानका उपाय के होलान्?

अघि माथि नै भनिसकें चुनौती थुप्रै छन् । ३३ प्रतिशतलाई हरेक तह–तप्कामा अनिवार्य रूपमा कार्यान्वयन गराउनुपर्छ । महिला सशक्तीकरणका आन्दोलन अझ तीव्र बनाउ“दै लानुपर्छ ।
निर्णायक तहमा पुगिसकेका महिलाले नेतृत्व सीप, कलालाई अझै

महानगर प्रमुख (मेयर) हुन सजिलो कि महिला कोटाबाट समानुपातिक सांसद हुन ?
पहिलो चुनावमा म समानुपातिकबाट सांसद थिएँ । जनतासँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न नपाइने, उनीहरूका कुरा सुन्न र आफ्नो सुनाउन त्यत्ति सहज नहुने हुँदा अलि निस्क्रिय जस्तो महसुस हुन्थ्यो । मेयर पदमा आएर जनतासँग घुलमिल हुनुपर्ने, हरेकका समस्या र गुनासा सुन्नुपर्ने, विकास निर्माणका काममा प्रत्यक्ष सहभागी हुनुपर्ने भएको र मेरो स्वभाव पनि चुनौतीमा रमाउने भएकाले म यसमा ‘इन्जोय’ गरिरहेकी छु । तर चितवन नेपालको मुटु र ७८ औं जिल्ला पनि भनिने भएकाले यहाँ काम गर्न सोचेजस्तो सजिलो भने छैन ।

‘प्रचण्ड’ पुत्री हुन सहज कि महानगरको मेयर हुन ?
नेताका छोराछोरी लाभै लाभले पुरिन्छन् भन्ने कुरा स्वैरकल्पनासरह हो भन्ने मेरो अनुभवले बताउँछ । नेताको सन्तान हुनुको ‘चार्ज’ हामीमाथि भएकाले, हरेक ठाउँमा सम्हालिनुपर्ने, बोल्दा विचार गर्नुपर्ने, त्यस्ता चार्जलाई खण्डन गर्नुपर्ने चुनौती हामीमाथि छ । नेताकी छोरी भएर नेतृत्व सम्हाल्दै गर्दा आफ्नै बलबुता लगाएर कामले प्रमाणित गर्नुपर्ने चुनौतीका चाङ छन् ।

राजनीतिमा विकास गरेर फलिफाप हुने हो कि राजनीतिका अन्य बाटाहरू वा भनौं विभिन्न ‘टे«न्ड’ पछ्याएर राजनीतिमा सफल भइने हो ?

समृद्धि र विकासमै जनता खुसी हुन्छन् भन्ने मेरो बुझाइ छ । अनेक ‘टे«न्ड’ पच्छ्याएर पनि काम गर्न सकिएन, परिणाममा चुकियो भने जनताले किन पत्याउने रु कसरी विश्वास गर्ने रु मेरो दोस्रो विजय भनेको मैले पहिला गरेको कामप्रतिको विश्वास हो । जनताको मनोविज्ञानलाई बुझेर काम गर्न सक्नु र जान्नु पर्दोरहेछ । उनीहरूलाई विश्वास दिलाउन सक्नुपर्दोरहेछ । यतिले मात्रै पनि पुग्दैन काम गरेर देखाउनै पर्दोरहेछ टिकिरहनका लागि ।

अब तत्काल भरतपुरमा गर्नैपर्ने मूल काम ?
पहिलेका परियोजना सम्पन्न गरी थप नयाँ परियोजना ल्याउने प्रमुख काम हो । भरतपुर एयरपोर्ट, नारायणी पुल, भरतपुरको दिगो फोहोर व्यवस्थापनयी तीन वटा मुख्य काम तीव्र रूपमा अघि बढेका छन् । यसपछिको जोड हरियाली प्रवद्र्धन र सरसफाइमा छ । डिजिटल भरतपुरअन्तर्गत सीसीटीभी जडानका लागि तीन करोड विनियोजन गरिएको छ । पालिकाभित्र सम्पूर्ण कारोबार डिजिटल भइरहेको छ ।
पारिवारिक र व्यावसायिक जीवन कसरी सन्तुलन गरिरहनुभएको छ रु
कहिलेकाही लाग्छ, परिवारमाथि अन्याय गरिरहेकी छु तर फेरि जनताका लागि जीवन समर्पित गरेकोमा चित्त बुझाउँछु । पहिलो निर्वाचनमा तीन कक्षा पढ्ने छोरा छोडेर चुनाव लड्न आए“, छोराले बिन्तीभाउ गरेको थियो नजानुस् भनेर, चुनावमा उठिसकेपछि पनि ममीले हारे हुन्थ्यो भन्थ्यो । छोरी बिहे गर्ने बेला भइसकी उसँग बस्न पाएकी छैन । छोराछोरीको जन्मदिनमा सँगै नभएको कयौं क्षण छन् । र पनि देश र जनताका लागि काम गरेकी छु भनेर मन बुझाउँछु ।
साभार -नारी पत्रिका