यमनसँग नेपाल २–० ले पराजित

मंसिर ६, काठमाडौं – विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार ब्यहोरेको हो ।

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल दशरथ रंगशालामा खेलेको हो । दोस्रो लेगको खेल नेपालले यमनको घरेलु मैदानमा खेल्नेछ ।