‘चित्रा’ को ‘नजरैको हाना हान’ बोलको गीत सार्वजनिक

कात्तिक २३, काठमाडौं  – तिहारको पूर्व सन्ध्या पारेर नयाँ नेपाली फिल्म ‘चित्रा’ को एउटा रोमान्टिक गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी तथा मिलन नेवारको स्वरको यो गीतमा सिवाकोटीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको ‘चित्रा’ को छायांकन सकिएसँगै प्रचार–प्रसारको थालनीस्वरुप यो गीतको अडियो सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी–भैलोमा नाच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको हो ।