भूकम्पका घाइते अस्पतालबाट डिस्चार्ज हुँदै

कात्तिक २२, काठमाडौ – भूकम्पमा परी घाइते भएर नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीमध्ये केही निको भएर घर जान थालेका छन् ।

जाजरकोट जिल्लाका तीन विरामी निको भएपछि भएर डिस्चार्ज गरिएको यहाँस्थित आपतकालिन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक बिरामीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाण्डौँस्थित शिक्षण अस्पताल पठाउन लागिएको छ ।

यस अस्पतालमा अहिलेसम्म भूकम्पमा परी घाइते भएका बिरामीको संख्या ४९ पुगेको छ । उनीहरुमध्ये २३ पुरुष र २७ महिला छन् । यसअघि एकजनाको निधन भइसकेको छ । अस्पतालमा पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका जाजरकोट, रुुकम पश्चिम र सल्यान जिल्लाका बिरामीको उपचार भइरहेको छ ।

उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नी सम्वन्धी समस्या देखिएको र सो सम्वन्धी बिशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको उक्त केन्दले जनाएको छ । अर्थोपेडिक सर्जन डा.प्रकाश थापा, डा. लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरुको उपचार गरिरकेका छन । बिरामीहरुको हाडर्जोर्नी, भाचिएको, चर्किएको, टुटेफेटुको समस्या अधिकांशमा देखिएको बताइएको छ । अहिलेसम्म भूकम्पमा घाइते दस बिरामीको सफल शल्यक्रिया भएको छ ।

त्यसैगरी अस्पतालको इर्मेन्जेन्सी कक्ष र उपचार कक्ष बाहिर बिहान, दिउसो र राति दुई दुईजना स्वंयसेवक रहने गरी सहायता तथा सहजीकरणकक्ष समेत सञ्चालनमा ल्याइएको स्रोत व्यक्ति श्रेष्ठले बताए । जाजरकोटलाई केन्द्रविन्दू बनाएर शुक्रवार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको थियो ।