अत्याधिक धुलोका कारण पाकिस्तानको पञ्जावमा चार दिन बिदा

कात्तिम २२, एजेन्सी  – धुलो र धुवा अत्याधिक बढेपछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ।

मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको हो।

पञ्जाव सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ। ‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजाबाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने।

यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन्। शैक्षिक संस्था,सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतबारसम्म बन्द रहने उनले जानकारी दिए।

शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ। यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन्। उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो। वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन्।