भूकम्प प्रभावितलाई ५० हजार सहयोग गर्दै पल

कात्तिक २२, काठमाडौं – भूकम्पले पिडामा परेका जाजरकोट बासीलाई अभिनेता पल शाहले ५० हजार आर्थिक सहयोगको घोषणा गरेका छ्न् ।

उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत् ५० हजार सहयोग गरेको जानकारी फेसबुकमार्फत् गराएका छन् । भूकम्पले धेरै घरहरु भत्किएकाले नागरिकहरु खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्दार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् ।