प्रमोद र मेलिनाको `माटाको पालो´ सार्वजनिक (भिडियो)

गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाजमा तिहार गीत माटाको पालो सार्वजनिक गरिएको छ ।

राजेश कुमार श्रेष्ठको रचना रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियोमा टिकट्कर प्रीज्मा (प्रीन्सी खतिवडा, कलाकार पुस्कर गुरुङ, कविता आले, शेखर घर्ती मगर, गणेशमान घले र अनुशा राई फिचर्ड छन् ।

अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोलाई विवेक सुनारले सम्पादन र सुर्प्रीम परजुलीले रङ्ग संयोजन गरेका छन् ।