दीपेन्द्र अधिकारीको गीत ‘फर्किन्छु यसपालि’ सार्वजनिक

काक्तिक ३, काठमाडौं -जापानमा रही गीत लेखनलगायत सिर्जनात्मक काममा सक्रिय रहेका पोखराका दीपेन्द्र अधिकारीले दसैँको अवसरमा नयाँ गीत ‘फर्किन्छु यसपालि’ सार्वजनिक गरेका छन्।

गीतमा परदेशीले चाडपर्वका बेला गर्ने अनुभूतिलाई समेटिएको छ। आफ्नो बाल्यकाल, गाउँ, परिवेश र बालसखाहरुको सम्झना गर्दै गीत भावनात्मक रुपमा तयार पारिएको बताए ।

दसैँका बेला गाउँमा हालिने लिङ्गे पिङ्, तिहारको देउसी भैलो, चाडपर्वको बेला खुल्ने मौसम, आकर्षक हिमालजस्ता विषयवस्तुहरु गीतका भावमा छन्।

अधिकारीले यसअघि ‘जीवनको रेल’,‘मनमोहक पोखरा’,‘चुलबुल चुलबुल’, ‘प्यारी भान्जी’,‘नेपालकी छोरी’ लगायत गीत सार्वजनिक गरिसकेका छन्।