फिल्म ‘परदेशी २’ ले कमायो दुई करोड

कात्तिक २, काठमाडौं – असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’को कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माण टिमल्र पोस्टर सार्वजनिक गर्दै फिल्मले दुईकरोड माथिको ब्यापार गरेको खुलाएका छन् । निर्माताले झन्डै २ करोड दाबी गरेका छन् ।

काठमाडौंभन्दा उपत्यकाबाहिरका हल (विशेषगरी सिंगल थिएटर)मा फिल्मप्रति दर्शकको आकर्षण देखिएको छ ।

नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ ।

फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।