मोदीको कालापानी भ्रमणबारे तत्काल सरकार बोलोस्ः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणबादी भएको आरोप लगाएका छन्।

नेपालको अभिभाज्य भूमी लिम्पियाधुरा,कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताएका हुन्।

सुनसरी जिल्लाको इनरुवामा आयोजित विरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न बिदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन्। थापाले भने,‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’।

राष्ट्रपतिको भूमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आवश्यक रहेकोमा पुनः जिकिर गरेका छन्।