खाद्य कम्पनीले आजबाट खसीबोका बिक्री गर्दै, सिङमा हरियो रङ लगाएको किन्न अनुरोध

असोज ३०, काठमाडौं दसै लक्षित गरेर सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।

अहिले काठमाण्डौको बजारमा खसीबोका किलोको ६ सय ४० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । च्या

व्यापारीहरुले च्याङ्ग्रा किलोको एक हजार तीन सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।

यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ।