विश्व कप क्रिकेट- अफगानिस्तानको ऐतिहासिक जित,

असोज २९, एजेन्सी -आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो ।

अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो ।

अफगानिस्तानले अब पर्सि बुधवार न्युजिल्यान्डसँग खेल्नेछ । इङ्ल्यान्डले शनिवार दक्षिण अफ्रिकासँग खेल्नेछ ।