आज इजरायलबाट २५४ बिद्यार्थी नेपाल ल्याइँदै

असोज २५, काठमाडौं युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ।

नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेटु कलसाइन रहेको वाइडबडी ए(३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ । उक्त जहाज बेलुका ९स्१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएको छन्।

एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए। युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए।