‘लभ सूत्र’ को टीजर र फस्टलुक सार्वजनिक

 

काठमाडौं–  कान्तिपुर सिनमाजले सोमबार शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टीजर र फस्टलुक सार्वजनिक गरेको छ ।

सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ ।

भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।