रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न

 

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ ।

१०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको शो मा जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानीएका थिय । शोका निर्देशक नरेश नाथ योगी (किंग योगी) का अनुसार हजारौं आवेदकबाट डिजिटल फिजिकल अडिसनबाट टप १८ मा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छानिएका हुन् ।

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण भैरहेको रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिक सहभागीले आफ्नो मातृभाषामा समेत अडिसन दिएका थिए ।१६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलिया र पहिलो वल्र्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्थाले दिएको छ ।

महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरासियाले यो कार्यक्रमको सञ्चालन गर्नेछन् ।विजेताले १५ लाख नगद तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।