हार्वर्ड प्राध्यापकलाई अर्थशास्त्रतर्फको नोबेल

अमेरिकाको हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्याउडिया गोल्डिनले सोमबार अर्थशास्त्रतर्फ विश्वकै सर्वोच्च नोबेल पुरस्कार पाएकी छन्।

उनलाई महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि नोबेलबाट सम्मानित गर्ने निर्णय गरिएको नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ।

गोल्डिन अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तेस्री महिला हुन्।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको राशि अन्य विधाजस्तै १० मिलियन स्विडिस क्रोनर छ।