एसियन गेम्स – कराँतेकी सबिना पराजित

असोज २१, काठमाडौं –  एसियन गेम्स अन्तर्गत अन्तिम दिन कराँतेकी सबिना श्रेष्ठ पराजित बनेकी छिन् ।

आईतबार ५० केजी मुनिको तौल समूहमा नेपालकी सबिना चीनकी लि रनरानसँग पराजित भएकी हुन् ।

अन्तिम १६ का लागि भएको प्रतिस्पर्धामा सबिनाले ३–१ ले खेल गुमाईन् ।

सबिनको पराजयसँगै एसियाडमा नेपालको चुनौती समाप्त भएको छ । शनिबार एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक जित्नुनै नेपालकालागि एसियाडमा ठुलो उपलब्धि रह्यो ।

कबड्डीको महिला टिमले काँस्य पकद जितेर टिम इभेन्टमा नेपाललाई एउटा पदक दिलाएको छ । प्रतियोगिताको आईतबार एक भब्य कार्यक्रमका बीच समापन हुदैछ ।