च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीको जित

असोज १८, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा बुधबार म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । समूह जीको खेलमा सिटीले आरबी आइपेजिगलाई ३–१ गोल अन्तरले हराएको छ ।

खेल सकिन ६ मिनेट अघि जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई जिततर्फ उन्मुख बनाएका थिए । इन्जुरी समयमा अल्भारेजकै पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई ३–१ को शानदार जित दिलाए ।

साविक विजेता सिटी कारबाओ कपमा न्युक्याल र प्रिमियर लिगमा उल्भ्ससँग पराजित भएपछि जर्मन यात्रामा निस्किएको थियो ।

आईतबार प्रिमियर लिगको उपाधि दाबदेदार टिम आर्सनलको भ्रमणमा निस्कनु अघि सिटीले जितलाई आत्मसाथ गरेको छ ।

सोही समूहको अर्को खेलमा योङ्ग ब्वाईज र रेड स्टार बेलग्रेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सिटी ६ अंक सहित समूहको शीर्ष स्थानमा र लाइपेजिग ३ अंक सहित दोस्रो स्थानमा छ ।

योङ्ग ब्वाइज र रेड स्टार समान एक अंक जोडेर क्रमश तेस्रो र चौथो स्थानमा छ ।