नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य

असोज १६, काठमार्डौ  -एसियन गेम्सको क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वार्टरफाइनलको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको छ ।

भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे। भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका हुन्। उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन्।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए। रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे।