मायावीको छायाङ्कन सुरु

असोज १२, काठमाडौं -निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।

केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो ।

फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र फिल्मको छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी गराए ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस फिल्ममा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ ।
अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।