धार्मिक उत्पिडनमा परेको भन्दै दुई भारतीय मुस्लिम बाबुछाेराले देश त्यागे

 

असोज १०, कराँची – एक भारतीय मुस्लिम बाबु छोराको जोडीले धार्मिक उत्पीडनबाट बच्न नयाँ दिल्लीस्थित आफ्नो घरबाट भागेको बताएका छन ।  अवैध रूपमा पाकिस्तान प्रवेश गरे पछि पक्राउ परेका उनीहरुले भारतमा धार्मिक उत्पिडनमा परे पछि देश छाडेर हिडेको बताएका छन ।

मोहम्मद हसनैन र उनका छोरा इशाक आमिर पाकिस्तान–अफगान सीमाबाट पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तको चमन क्षेत्रमा अवैध रूपमा घुसपैठ गरेका थिए।

दुवै जना हाल कराचीको ईधी वेलफेयर ट्रस्टको आश्रय गृहमा छन्। हसनैनले भने, ‘यदि पाकिस्तानी अधिकारीहरूले हामीलाई जेल हाल्न चाहन्छ भने हामी त्यसका लागि तयार छौं। हामी वैध कागजातहरू बिना आएका छौं तर हामी शरण खोज्ने प्रयास गर्नेछौं,’ उनले भने ।

हसनैन (७० वर्ष) र आमिर (३१ वर्ष) नयाँ दिल्लीको गौतमपुरी क्षेत्रका बासिन्दा हुन् । उनले लामो समयदेखि समुदायगत उत्पीडन र धार्मिक उत्पीडनको सामना गर्नुपरेको भन्दै उनले पाकिस्तान भाग्ने निर्णय गरेको जनाएका छन् ।

 

हसनैनले भने,  ‘हामीलाई कराँची आई पुग्न १४ दिन लाग्यो । त्यहाँ पुगेपछि हामीले प्रहरी चौकीमा आत्मसमर्पण ग¥यौँ । यसअघि दुवै जना सेप्टेम्बर ५ मा नयाँ दिल्लीबाट दुबई प्रस्थान गरेका थियौं ।’ उनका अनुसार दुबईस्थित अफगानिस्तान दूतावासबाट भिसा लिएका थिए ।

 

उनले भने,  ‘भिसा पाएर हामी काबुलतर्फ लाग्यौँ, त्यहाँबाट सडक हुँदै कान्दाहार गयौँ र त्यहाँबाट चमन नाका हुँदै पाकिस्तान प्रवेश गरेका हौ,’ उनले भने ।  दुबैले अफगान एजेन्टको सहयोगमा सीमा पार गर्न सफल भएको र पछि कराची लैजान ट्याक्सी चालकलाई ६० हजार रुपैयाँ दिएको बताए ।

 

कराँचीका प्रहरी उपमहानिरीक्षक असद रजाले दुवैलाई जासुस भएको आशंका नगरिएको बताए। उनले आफूलाई धार्मिक पूर्वाग्रह र उत्पीडनको सिकार भएको बताएको जानकारी दिए । पाकिस्तानको विदेश मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।