आजको तरकारी तथा फलफूलको मूल्य, घिरौला ५० रूपैयाँ

असोज ९, काठमाडौ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ६०, गाँजर ९०, मूला सेतो ७०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली १८०, कागती २०० रुपैयाँ, भिण्डी ४५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

उता, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६८, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, बरेला १००, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।