शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छः गृहमन्त्री श्रेष्ठ

 

असोज ४, काठमाडौैं -उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताएका हुन्।

उनले भने,‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढि नै प्राथमिकता दिएर कुनै पनि शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन र शान्तमय वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौँ।’

उप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने,कार्यान्वयन गर्ने र चिकित्सकहरूले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन्। सरकार र गृह मन्त्रालयसँग सम्बन्धित कुरालाई विशेष समस्यामा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।