उल्भ्समाथि लिभरपुलको जित

भदौं ३१,काठमाडौं – लिभरपुलले अन्तिम समयमा दुई गोल गर्दै उल्भ्समाथि ३–१ को रोमाञ्चक जित दर्ता गरेको छ । पछिल्लो जितले केही समयका लागि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्डी रोबर्टसनले ८५ औ मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाएका थिए । प्रिमियर लिगमा २ सयौं खेलमा उत्रिएका रोबर्टसनले मोहमद सलाहको पासलाई सदुपयोग गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलका हार्वे इलियटको प्रहार उल्भ्सका डिफेन्डर ह्युगो ब्युनोसँग ठोक्किएर पोस्टभित्र छिरेपछि लिभरपुलले ३–१ को आरामदायी जित निकाल्यो ।

सुरुआतमा कोडी गोक्पोले दोस्रो हाफमा सलाहकै पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काएका थिए । खेलको सुरुआती अग्रता भने घरेलु टोली ह्याग हि चानको गोलमा लिएको थियो ।

लिभरपुलका तीनै गोलमा मोहमद सलाहको भुमिका महत्वपूर्ण रह्यो । सलाहले तीनै गोलका लागि अन्तिम पास उपलब्ध गराएका थिए ।

लिभरपुलले ५ खेलबाट १३ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उल्भ्सको ३ अंक छ ।