फिल्म ‘डिग्री माइला’मा नायिका आँचल शर्मा अनुबन्धित

 

निर्देशक रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला स् एमए थर्ड क्लास’मा नायिका आँचल शर्मा अनुबन्धित भएकी छन् ।

बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म निर्माण टिम र आँचलबिच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा फिल्मको छायांकन हुनेछ ।‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो ।