इसिसी महिला टी-ट्वान्टी विश्वकप -बहराइनसँग खेल्दै नेपाल

भदौं १५, काठमाडौं – नेपालले आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।