एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

 

भदौं ११, काठमाडौं  – एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा पाकिस्तान पुगेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद रहेका छन्।