एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागि हुन नेपाली टोली युएई जाँदै

भदौं १०, काठमाडौं  -एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आज राति युनाइटेड अरब इमिरेट्स ९युएइ० जाँदैछन्।
टोली आइतबार राति८ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भादौ ११ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी हुन ८ सदस्य टोली दुबई जान लागेका हुन्।
टोलीमा पुरुषतर्फ आशिष फुयाँल र महिला तर्फ कैलालीकी कुसुम पाण्डे मुख्य खेलाडीको रुपमा रहेका छन्। साथै,अन्य खेलाडीमा धनबहादुर बोगटी, भिमदत्त पाण्डेय, राजिव कार्की,जितबहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाई सहभागी छन्।
आषिश फुयाँलले २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रम बीच बिदाइ गरे।