‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

भदौं १ , काठमाडौं  – आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन ।

त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेका चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताए । “चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ”, उनले भने ।

मिलन आले मगर निर्देशन गर्नुभएको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गरेका थिए मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रका लेखक सुशील पङ्गेनी छन् ।