महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दै

 

साउन ३०, काठमाडौ  -फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ ।

स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्व कपको आयोजक टोली हो ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल भोलि अष्ट्रेलियाको सिड्नीमा हुनेछ । गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ।