फिल्म ‘घर ज्वाइँ’ मा मिरुना संग दयाहाङको जोडी

साउन २९, काठमाडौं – चलचित्र ‘घर ज्वाइँ’ मा अभिनेता दयाहाङ राईको अपोजिटमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन् । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेत्री मगरलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको हो ।

आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । फिल्ममा दया र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचाको पनि अभिनय रहनेछ ।

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेको फिल्मको छायांकन रुकुममा हुनेछ । फिल्म ‘नाङ्गो गाउँ’मा काम गरिसकेका यो जोडी भदौबाट फिल्म ‘रङ्गेली ग्याङस्टार’मा काम गर्दै छन् ।