वेस्ट इन्डिजमाथि भारतको सानदार जित

साउन २८,एजेन्सी पाहुना टोली भारतले चौथो टी(ट्वान्टी आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

योसँगै पाँच खेलको टी(ट्वान्टी आई सिरिज २(२ को बराबरीमा पुगेको छ ।

घरेलु टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पाहुना टोलीले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा ओपनर यशस्वी जैसवालले ५१ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८४ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर शुभमन गिलले ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि गिल र जैसवालले १५ दशमलब ३ ओभरमा १ सय ६५ रनको साझेदारी हो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो ।

वेस्टइन्डिजका शिम्रन हेटमायरले ३९ बलमा ४ छक्का र ३ चौकासहित ६१ रनको अर्धशतकीय ईनिङ खेले ।

शाई होप २९ बलमा २ छक्का र ३ चौका सहित ४५ रनमा आउट भए ।

भारतका लागि अर्शदीप सिंहले ३ तथा कुलदीप यादबले २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले समान १र१ विकेट लिए ।

दुईबीचको पाँचौं तथा निर्णायक खेल आईतबार हुनेछ ।