भारतमाथि वेस्ट इन्डिजको रोमान्चक जित

साउन १९, एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले पहिलो टी(ट्वान्टीमा भारतमाथि रोमान्चक जित हात पारेको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा बिहीबार राती सम्पन्न खेलमा घरेलु टोलीले चार रनको रोमान्चक जित दर्ता गरेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

दोस्रो टी ट्वान्टी आई खेल आगामी आइतबार हुनेछ ।