ट्रम्पविरुद्ध फौजदारी अभियोग दर्ता

साउन १७, एजेन्सी – सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफ्नो पराजयको नतिजा उल्ट्याउने सम्बन्धी मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक आरोप दायर गरिएको छ।

ट्रम्पमाथि संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू छन्।

सोही सम्बन्धमा उनी बिहीबार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका छन्।

पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले आफूले केही गलत नगरेको बताएका छन्।

ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुईवटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो।

अनुसन्धानको नेतृत्व अमेरिकी न्याय विभागले नियुक्त गरेको विशेष काउन्सिल ज्याक स्मिथले गरिरहेका छन्।