नेपाली सामाजिक सद्भाव विश्वमै उत्कृष्ट स् उपराष्ट्रपति यादव

साउन १६, काठमाडौ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद्भाव विश्वमै उत्कृष्ट रहेको बताएका छन । आज महोत्तरीको मटिहानीमा नागरिक अभिनन्दन ग्रहण गर्दै उपराष्ट्रपति यादवले फरक–फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एकअर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताएका हुन ।

“हमरासभक समाज सहिष्णु आ एकदोसरक आस्थाप्रति सद्भाव रखैत अछि”, हाम्रो समाज सहिष्णु र एकअर्काको आस्थाप्रति सद्भाव राख्दछ मैथिलीमा सम्वोधन गरेका उपराष्ट्रपति यादवले भने, “दुनियाँक लेल यी हमर परिचय आ सिख सेहो अछि” दुनियाँका लागि यो हाम्रो परिचय र सिक्ने सिकाउने कुरा पनि हो । यादवले हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबाको परिकल्पना र मेहनतले आधुनिक मटिहानीको जग बसेको र हिन्दू/इस्लाम एकापसमा मिलेर बसेका दृष्टान्त पनि यहाँ (मटिहानीमा) देखिएको उपराष्ट्रपति यादवले उल्लेख गरे।

समारोहमा मटिहानी नगरबासीका तर्फबाट नगरप्रमुख हरिप्रसाद मण्डलले प्रदान गरेको अभिनन्दनपत्र ग्रहण गर्दै उपराष्ट्रपति यादवले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका धार्मिक महत्त्वका स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । “तीन तहक सरकारबीच आवश्यक समन्वय बढाक धार्मिक पर्यटन प्रवद्र्धनक काज अगा बैढसकैत अछि”, ९तीनै तहका सरकारबीचको आपसी समन्वयबाट धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढ्न सक्छन्० ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्र मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रिपरिषद्का सदस्यको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले मधेसभरि नै पानी नपरेर खेतीपातीमात्र नभई खानेपानीकै हाहाकार पर्दै गएको समस्या सम्बोधन गर्न अनुरोध गरे । समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले अहिले मधेस प्रदेश सरकार सिँचाइ र खानेपानीको समुचित प्रबन्धसँगै पशुबस्तुमा बढ्दै गएको लम्पी स्किन रोगको पूर्वउपचार कार्यमा तदारुखतासाथ लागेको बताए ।

मटिहानीवासीले उपराष्ट्रपति यादवलाई नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना गर्न र मधेस आन्दोलनलाई उत्कर्षमा पुर्याउन दिनुभएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको अभिनन्दनपत्रमा उल्लेख छ ।

नागरिक अभिनन्दन ग्रहणअघि उपराष्ट्रपति यादवले मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउमा महाआरती, लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना, लक्ष्मीनारायण मठ परिसरको अवलोकन, तस्मैयाबाबाको समाधिस्थल र पीरबाबाको मजारमा पुष्पगुच्छा अर्पण, ३०५ वर्ष पुरानो गुरुकूल (हाल राजकीय संस्कृत माध्यमिक विद्यालय) को निरीक्षण अनुगमन र तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको एक सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनसँगै झण्डा शिलालेख अनावरण गर्नुभएको थियो । मटिहानीमा सम्पन्न अभिनन्दन समारोह नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।