काठमाडौंमा खुला फुटसल प्रतियोगिता हुँदै

साउन १६, काठमाडौं  -काठमाडौंमा खुला फुटसल प्रतियोगिता हुने भएको छ ।हिमालयन फुटबल क्लबको आयोजनामा साउन १८ र १९ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरका जुन कुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको छ । खेलमा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएका छन् । भेन्यु पार्टनर भाटभटेनी हेल्थ क्लबमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकहरूले जनाएका छन् । त्यस्तै, फेयर प्ले टिमलाई ११ हजार १ सय ११ रुपैयाँ र उत्कृष्ट प्लेयर र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।