प्रधानमन्त्री दाहाल र आइएडी प्रमुख डा.अल्भारो लारियो बीच भेटवार्ता

साउन ९, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा.अल्भारो लारियो बीच भेटवार्ता भएको छ ।

मंगलवार इटालीको रोममा भएको भेटवार्तामा आइएफडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको प्रभावकारिता माथि समीक्षा गरिएको थियो ।

भेटमा नेपालमा आइएफडीले बढाउन सक्ने सहयोगको बारेमा समेत छलफल भएको थियो । नेपालमा कृषि क्षेत्रमा आइएफडीको सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालित छन् ।